मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिआइपीहरूको सुरक्षा बढाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o९:१५:oo

सरकारविरुद्ध आक्रोश र आन्दोलन बढेपछि भिभिआइपी र भिआइपीहरूको सुरक्षा बढाइएको छ । स्थिति बुझेर मात्र उनीहरूलाई बाहिर निस्कन सुरक्षा निकायले सुझाव दिएका छन् । साथै ठुला नेताका निवास र पार्टी कार्यालयहरूमा समेत सुरक्षा तैनाथी बढाइएको छ ।

‘सार्वजनिक कार्यक्रममा सहभागी हुने विषयमा मन्त्री तथा ठुला नेताहरूलाई सचेत गराएका छौँ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘केही नेताहरूको सुरक्षा पनि थपिएको छ ।’

सोमबारको घटनापछि असुरक्षा महसुस गरी मन्त्रीहरूले कतिपय सार्वजनिक कार्यक्रम रद्द गरेको स्रोत बताउँछ । सोमबार सडकमा निस्कँदा मन्त्रीहरूको गाडीलाई प्रहरीले स्कर्टिङ गरेको थियो । आन्दोलनकारीले आक्रमण गर्न सक्ने भयले सोमबार पार्टी कार्यालयहरूमा ठुलो संख्यामा सुरक्षाकर्मी थपिएको थियो ।