मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २३ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद

खेलाडी संघमा श्रेष्ठको निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार ११:o५:oo

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तेस्रो साधारणसभा तथा निर्वाचनबाट दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचनबाट उपाध्यक्षमा आयषा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन) चयन भए ।

महासचिवमा शिवसुन्दर गोठे (टेबुलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराँते), कोषाध्यक्षमा आङबाबु लामा (उसु) निर्वाचित भएका छन् । श्रेष्ठसहित पदाधिकारीमा सबैले सोही पदमा निरन्तरता पाएका हुन् । सदस्यमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), जुनी राई (उसु), संजित डंगोल (जुडो), फूलमाया क्याप्छाकी (सुटिङ), अजित गुरुङ (बक्सिङ), संजिप लामा (फेन्सिङ), पुरुषोत्तम बज्राचार्य (टेबुलटेनिस), सुरेश चुनारा (कुस्ती) र मवीन्द्र भण्डारी (बास्केटबल) चयन भए ।

साधारणसभामा विभिन्न खेलका प्रतिनिधि तथा जिल्ला प्रतिनिधि गरी ५१ जनाको सहभागिता थियो । साधारणसभापछि बसेको पहिलो बैठकले विधानअनुसार थप एक उपाध्यक्ष र तीन सदस्य मनोनयन गरेको श्रेष्ठले बताए । उपाध्यक्षमा फुटबलका बिकेश कुथू, सदस्यमा प्रदीप खड्का (टेनिस), अनुजा कुलुङ राई (कबड्डी) र वीरबहादुर महरा (तेक्वान्दो)लाई मनोनीत गरिएको हो ।

संघ ०६० मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएको हो । खेलकुद विकास ऐन, २०७७ लागू भएपछि ०७९ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भई संघ क्रियाशील रहँदै आएको छ । संघले हरेक वर्ष उत्कृष्ट खेलाडी अवार्ड गर्दै आएको छ ।