मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गोली चलाएर दमकको आन्दोलन नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १४:१९:oo

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा  भ्रष्टाचारविरुद्ध आन्दोलन उग्र बनेको छ । युवाहरूले  दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन् । पछि बल प्रयोग गरेर सुरक्षा निकायले प्रदर्शनकारीलाई नगरपालिका कार्यालयबाट बाहिर निकालेका छन् ।

आन्दोलनकारीहरू उग्र बनेपछि सुरुमा प्रहरी पछि हटेको थियो । प्रहरी हटेपछि स्थानीयले नगरपालिकामा रहेका केही मोटरसाइकलसमेत जलाएका छन् ।  

सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो ।   प्रहरीको गोली लागेर एक ना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर बनाएका छन् । 

भ्रष्टाचारविरुद्ध सोमबार देशैभरि जेन–जी पुस्ताले आन्दोलन गरिरहेका छन् ।