
माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पुन: सुरु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले शनिबार दिउँसो ३ बजे कास्कीको रूपा गाउँपालिका– १ स्यास्त्रीस्थित सहिदपार्कमा अभियान पुन: सुरुवात भएको घोषणा गरे ।
गत २ जेठमा बैतडीको पाटनबाट सुरु भएको अभियान वर्षाका कारण गत १० जेठमा पोखरा पुगेर स्थगित भएको थियो । अभियानको क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू लमजुङ पुगेका छन् ।
२२ भदौमा लमजुङ, २३ गते गोरखा, २४ मा धादिङ र २५ भदौमा नुवाकोटमा अभियान सञ्चालन हुने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार दसैँअघि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सम्पन्न गरिनेछ । बाँकी जिल्लाको अभियान मिति छिट्टै तय गरिने उनले बताए ।
‘मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पुन: सुरु भएको छ । दसैँअघि अभियान सम्पन्न गरेर दसैँ–तिहारको बिचमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ,’ उनले भने । शिक्षकसमेत रहेका खनाललाई ०५८ मा तत्कालीन राज्यपक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल ०६० मा बेपत्ता भएका थिए । जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सातजना सहिद र एकजना बेपत्ता भएका थिए ।