मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल री–इन्स्योरेन्समा पौडेल, नेप्सेमा बस्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

सरकारी स्वामित्वको नेपाल री–इन्स्योरेन्समा चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल नियुक्त भएका छन् । त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्यालले जिम्मेवारी पाएका छन् ।

पौडेलले यसअघि आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल रीमा अध्यक्ष पौडेलको सबैभन्दा ठुलो चुनौती पुँजी वृद्धि हुनेछ ।

बिमा प्राधिकरणले आगामी माघभित्र २० अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने मापदण्ड तोकेको छ । सरकारले हकप्रद सेयर खुला गर्न अनुमति दिएको छैन । अर्कातिर, सरकारी सेयरबापतको रकम विनियोजन नगरेकाले पुँजी वृद्धिको निर्णय लागू हुन सकेको छैन ।

त्यस्तै, अर्थमन्त्री पौडेलले नेप्सेको अध्यक्षमा नियुक्त गरेका बस्याल एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत थिए । यसअघिका अध्यक्ष रहेका सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो ।