मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा चट्याङ लागेर युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ कमेरो पानीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधारा घर भई हाल बाराको निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्धबहादुर प्रजाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रजा किराना सामान किन्ने उद्देश्यले धनबहादुर स्याङ्तानले सञ्चालन गर्दै आएको कमेरो पानीस्थित पसलतर्फ जाँदै गर्दा अचानक परेको चट्याङले लागेर ढलेका थिए । स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको टोलीले मुचुल्का सहितका आवश्यक प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको छ ।