मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format o९:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एभरेस्ट महिला भलिबल लिग सुरु : उद्घाटन खेलमा कर्णालीले जित हात पार्दा दोस्रो खेलमा ललितपुर विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

पहिलो संस्करणको उपाधि विजेता कर्णाली यसबिसले दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुवात गरेको छ। इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्धेशीय कभर्ड हलमा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा निन्जाजलाई सोझो ३–० को सेटमा पराजित गदै डिफेन्डिङ च्याम्पियन कर्णालीले लिगमा सुखद सुरुवात गरेको हो। शुक्रबार सम्पन्न देस्रो खेलमा पहिलो संस्करणको उपविजेता ललितपुर क्विन्सले मधेस युनाइेटेडलाई ३–० को सोझो सेटमा पाखा लगायो ।

उद्घाटन खेलको पहिलो सेट २५–२१ ले आफनो पक्षमा पारेको कर्णालीले त्यसपछिको दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफनो पक्षमा पारेको थियो । दोस्रो खेलको पहिलो सेट ललितपुरले २५–१७ ले आफनो पक्षमा पार्दा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफनो पक्षमा पारेको थियो।लिगको दोस्रो दिन शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा ललितपुर र काठमाण्डौ, दोस्रो खेलमा कर्णाली र लुम्बिनी भिड्दा तेस्रो खेलमा पोखरा र मधेस भिड्नेछन्।

नौ दिनसम्म संचालन हुने लिगमा सहभागी ६ टोलीले समान पाँच पाँच खेल खेल्नेछन्। लिग चरणका खेलहरु सात दिनसम्म संचालन हुनेछन्। लिग चरणका खेलपछि अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

१० देशका १८ खेलाडी

६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको लिगमा प्रत्येक टोलीमा तीन तीन जनाका दरले १८ जना विदेशी खेलाडीहरु आवद्ध भएका छन्। विदेशबाट लिग खेल्न आएका खेलाडीमध्ये सबैभन्दा धेरै थाइल्याण्डका पाँच जना छन्। लिगमा नेदरल्याण्डका तीन, ब्राजिल र रुसबाट समान दुई दुई जना आउदा क्रोएसिया, अमेरिका, बुल्गेरिया, कीर्गिस्तान, रोमानिया र ग्रीसका एक एक जना खेलाडी पोखरा आएका छन्।

पोखरा आएका खेलाडीहरुमध्ये पहिलो संस्करणमा ललितपुमा आबद्ध भएका थाइल्याण्डका वारान्या श्रीलाओङ र पत्राथिप सान्त्राकुन बाहेक अन्य सबै नयाँ खेलाडीहरु पहिलोपटक सहभागी भएका हुन्। अघिल्लो संस्करणमा भारतका खेलाडी आएकोमा यस पटक भारतका खेलाडी आएका छैनन्।६ फ्रेन्चाइज टोली मध्ये दोस्रो संस्करणमा नयाँ टोलीको रुपमा रहेको पोखराबाट खेल्न रोमानियाकी आउटसाइड हिटर एना–मारिया बेरडिला, अमेरिकाकी आउटसाइड हिटर एडेओला ओवोकोनिरान र क्रोएसियाकी मिडल ब्लकर लियो बोबान पोखरा आएकी छिन्। पहिलो संस्करणमा सहभागी गण्डकी थण्डर्सले दोस्रो संस्करणमा सहभागी नहुने भएपछि त्यसको स्थानमा पोखरालाई सहभागी गराइएको हो।

गत वर्षको विजेता कर्णालीले ग्रीसकी एभान्जेलिया चान्टाभासँगै ब्राजिलका सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया, मधेशले नेदरल्याण्ड्सका आउटसाइड हिटर रोमी भिनस्ट्रा, सेटर डानिक आर्डेमालाई र आउटसाइड हिटर कस्र्टेन वेसेल्स, ललितपुरले थाइल्याण्डका आउटसाइड हिटर वारान्या श्रीलाओङ, सेटर पत्राथिप सान्त्राकुन र आउटसाइड हिटर दारिन पिन्सुवान, लुम्बिनीले रुसकी केसेनिय तिसिना, आउटसाइड हिटर भेरोनिका जुबारेभा र कीर्गिस्तानकी आउटसाइड हिटर ओगुलाई कुडाई कुलोभा, काठमाडौंले थाइल्याण्डकी आउटसाइड हिटर कन्चना सिसाईकाएओ, अपोजिट हिटर अपिन्या प्रतिबाथोङ र बुल्गेरियाकी सेटर पोलिना नोकोलाएभा नेकोभालाई टोलीमा सहभागी गराएको छ ।