मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
२o८२ भदौ २१ शनिबार o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार o९:o४:oo

बर्दियामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका ७ का २० वर्षीय करण गुप्ताको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। 

गुलरिया खैरापुर जाने क्रममा शुक्रबार राती ९ बजे गुलरिया नगरपालिका, ३ स्थित सर्जु नदीको नजिकको पोलमा ठोकिदा गुप्ताको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार रहेका गुलरिया नगरपालिका ७ का १७ वर्षीय अर्जन गुप्ता र २१ वर्षीय रोहित लोध घाइते रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधीरकुमार खड्काले बताए । 

घाइतेहरू गुप्ता र लोधको अवस्था सामान्य रहेको छ । मृतक  गुप्ताको शव आजै पोष्टमार्टम हुनेछ ।

छुटाउनुभयो की ?