
नेपालमा सक्रिय रहेका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयका आधारमा प्राधिकरणले ती सञ्जालहरू निष्क्रिय गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतको फैसला र मन्त्रिपरिषद् तथा मन्त्रालयको निर्णयपछि प्राधिकरणले निष्क्रिय गर्ने निर्णय गरेको हो। सामाजिक सञ्जालहरू बन्द गर्न प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले पत्राचार गरेको छ।