मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली सरकारको वैधतासम्बन्धी रिटलाई अग्राधिकारमा राख्दै पूर्ण सुनुवाइमा पठाउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o७:२o:oo

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको वैधतामाथि उठेको प्रश्नसम्बन्धी रिट निवेदनमा अब पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार उक्त रिटलाई अग्राधिकारमा राख्दै पूर्ण सुनुवाइमा पठाउन आदेश दिएको हो । 

रिट निवेदकको तर्फबाट इजलासमा अधिवक्ता यज्ञमणि न्यौपानेले ओली नेतृत्वको सरकार गैरकानुनी भइसकेकाले अन्तरिम आदेश जारी गर्न माग राखेका थिए । त्यसपछि न्यायाधीश श्रेष्ठले सबै कागजात झिकाएर पूर्ण सुनुवाइमा पठाउनु उचित हुने राय राखेका हुन् । यस्तै, इजलासले अदालतले ओली नेतृत्वको सरकार गठन गर्दा २८ असार ०८१ मा राष्ट्रपति कार्यालयमा विभिन्न राजनीतिक दलहरूले बुझाएको समर्थन कागजपत्र, ५ साउन ०८१ मा संसद्मा विश्वासको मत दिँदा दलहरूले लगाएको ह्विप, सांसदहरूको विवरण र प्रधानमन्त्रीलाई समर्थन गर्ने दलको विवरण झिकाउन आदेश गरेको छ । 

सरकारलाई समर्थन जनाउँदै आएका जसपा नेपाल (पाँच सांसद) र नागरिक उन्मुक्ति पार्टी (चार सांसद) ले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले सरकारको वैधतामा प्रश्न उठाएर रिट दायर गरेका थिए । समर्थन गर्ने दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने विषयमा केही बोलेका छैनन् । 

छुटाउनुभयो की ?