
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।