
गोंगबुस्थित बिनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले चार करोड २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। त्यस्तै,उनको घरमा करिब नौ किलो सुन र तीन किलो चाँदी पनि प्रहरीले बरामद गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा हानी नगद र सुनसहित श्रेष्ठलाई पक्राउ गरेको हो । उनले ठूलो मात्रामा अवैध कारोबार गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । दिउँसो करिब एक बजे नै छापा हानेकोमा बेलुका नौ बजे मात्र पैसा गहना सकिएको हो । प्रहरीले मेसिन नै लगेर पैसा गनेको थियो । प्रहरीको सूचनामा उनले सुन धरौटी राखेर मिटरब्याजमा पैसा लगानी गर्दै आएका थिए ।
नगद र सुनसहित पक्राउ परेका श्रेष्ठमाथि विस्तृत अनुसन्धान गरिने काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले बताए।