मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ भदौ १६ सोमबार २o:५८:oo
Read Time : > 1 मिनेट
समाचार

राजनीतिकर्मीहरू जनताद्वारा ‘इलेक्टेड’ र कर्मचारीहरू पढेर ‘सेलेक्टेड’ हुन् : मुख्यसचिव अर्याल 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार २o:५८:oo

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राजनीतिकर्मीहरू जनताद्वारा ‘इलेक्टेड’ र कर्मचारीहरू पढेर ‘सेलेक्टेड’ भएकाले देश विकासमा आपसी सम्बन्ध नङ र मासुजस्तै हुनुपर्ने बताएका छन् । 

सोमबार खाँदबारीमा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित ‘नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिकर्मी र कर्मचारीबिच नङ्ग र मासुजस्तै सम्बन्ध भए देशमा समृद्धि, विकास र सुशासन कायम हुने बताए । दुवै मिलेर काम गरेमात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा पूरा हुने उनको भनाइ छ । ‘राजनीतिकर्मीहरू पनि जनताको सेवा गर्न आएका हुन् र कर्मचारीहरू पनि नागरिकको काम गर्नै आएका हुन् । दुवैले नागरिकलाई नै सेवा दिने भएकाले एउटै उद्देश्य बोकेर काम गर्नुपर्छ, तब मात्रै देशको विकास हुन्छ,’ अर्यालले थपे, ‘कहिले काही जनप्रतिनिधि र कर्मचारीबिच समधुर सम्बन्ध नहुँदा काम गर्न समस्या परेको गुनासो आउँछ, जनप्रतिनिधिहरूले अनावश्यक दबाब दिँदा समस्याहरू सिर्जना हुन्छन्, नियम कानुन बुझेर कानुन र संविधानको दफाले स्पष्ट पारेको काम मात्रै गर्नुपर्छ ।’

मुख्यसचिव अर्यालले सरकारी सेवाप्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीलाई निर्देशनसमेत दिए । उनले जनतालाई दुःख दिने काम नगर्न आग्रह गरे । ‘आफ्नो टेबलमा आइसकेको कामलाई भोलि, पर्सी भनेर अल्मलाउनु हुँदैन, अहिले सबैको हात–हातमा मोबाइल छ, जनताले बुझदैनन् भन्ने भावना राख्नुहुँदैन, अहिलेका सेवाग्राहीहरू जान्नेछन्,’ अर्यालले भने । 

संघदेखि प्रदेशसम्मका एकै प्रकृतिका कार्यालयहरूलाई गाँभेर एकीकृत गर्नुपर्ने र यसले राज्यको भार कम गर्ने मुख्यसचिव अर्यालको भनाइ छ । ‘संखुवासभा जलस्रोतको भण्डार हो, अरुण तेस्रोलगायत जलविद्युत्तको काम भइरहेको छ भने भारत र चीन जोड्ने छोटो नाका किमाथांकालाई चलायमान बनाउनुपर्छ । किमाथांका नाका सरकारले उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा छलफल भएको छ । योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद औषधि उत्पादन बनाउने केन्द्र बनाउने सकिने सरकारको लक्ष्य छ,’ अर्यालले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द कार्कीले किमाथांका नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सुशासनको अनुभव हुनेगरी कर्मचारीले काम गर्नुपर्ने धारणा राखे ।
 

छुटाउनुभयो की ?