मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format १९:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गेरुवामा अस्थायी तटबन्ध निर्माणका लागि श्रमदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

कर्णाली नदीको बहावले बायाँतर्फ गेरुवा गाउँपालिका–२ वनघुस्रामा तटबन्ध भत्काएपछि तटबन्ध मर्मतका लागि श्रमदान गरेका छन्। नदीको बहावले करिब दुई मिटर तटबन्ध भत्काएपछि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले श्रमदान गरेर तटबन्ध मर्मत गरिरहेका छन्र।

कर्णाली नदीमा पानीको सतह बढेसँगै बनघुस्रा कटान सुरु भएको छ। नदीले कटान गरेसँगै स्थानीहरू समेत त्रसित बन्न थालेका छन्। कर्णाली नदीले धार परिवर्तन गरेसँगै नदीको पानी कर्णाली भँगालो भएर बग्छ भने गेरुवा भँगालो पानीको बहाव कम हुँदा पनि राजापुर र गेरुवा गाउँपालिका कटानको उच्च जोखिममा परेको हो।

गेरुवा गाउँपालिका– १ बनघुस्राकी शिला चौधरीले नदीले कटान गरेसँगै दिनरात बस्तीमा पानी पस्छ की भन्ने चिन्ताले सताउने गरेको बताइन्। ‘तटबन्ध कुन बेला भत्किने हो भन्ने चिन्ता छ। त्यसैले भत्किएको ठाउँमा बनाउन आएको छौँ,’ उनले भनिन्।

कर्णाली नदीको कटानले तटबन्ध भत्किएर नदीको पानी गेरुवा गाउँपालिकाका विभिन्न बस्तीमा पर्ने गाउँपालिकाको विपत शाखाका प्रमुख कृष्ण सोडारीले बताए। उनले भने, ‘नदीको पानीले कटान गरिरहेको ठाउँमा रोकथाम गर्न नसके गेरुवा गाउँपालिका २ र ३ वडाका बनघुस्रा, बनकट्टी, सनकट्टी, हिमालीपुर, मुगहवा टिकुलीगढ, लोहारपुर र  राजापुर नगरपालिका– १ को दौलतपुरसमेत जोखिममा पर्ने सम्भावना छ।’ कर्णाली नदीको बहावले तटबन्ध भत्काएमा दुई पालिकामा गरी एक हजारभन्दा बढी घर डुबान हुने जोखिम रहेको उनले बताए।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले नदीले कटान गरको ठाउँमा आपतकालीन तटबन्धका लागि वर्षातमा बोल्डर (ठूला ढुङ्गा)  नपाइएको बताए। उनले भने, ‘तत्काल तटबन्ध मर्मतका लागि बोरामा माटो नाइलनको डोरी र जालीभित्र बोरा राखेर कटान रोक्न काम गरिएको छ। स्थानीयले नदीले कटान गरेको ठाउँमा गएर श्रमदान गरिरहेका छन्। ५ वर्ष अगाडि निर्माण गरिएको तटबन्ध अहिले भत्किएको हो। यसको मर्मतका लागि  करिब पाँच करोड रुपैयाँ आवश्यक पर्छ।’

नदीको कटान रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब एकसय जना र स्थानीय गरी झण्डै तीन सयजनाले श्रमदान गरिरहेका छन्।