मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भेलोसिटी अन्तर विद्यालय फुटसल प्रतियोगिता २१ र २२ भाद्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

प्रथम भेलोसिटी अन्तर विद्यालय फुटसल प्रतियोगिता २१ र २२ भाद्रमा हुने भएको छ। आज सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक भेलोसिटी स्कुलले प्रतियोगितामा उपत्यकाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिएको छ।

प्रतियोगितामा द भेलोसिटी स्कुल, नव ज्ञान पाठशाला, फेरिल्यान्ड इन्टरनेसनल स्कुल, प्रारम्भ एकेडेमी, मेरिडियन इन्टरनेसनल स्कुल, खृस्टियन कम्युनिटी स्कुल, ग्रिनविच एकेडेमी, श्रीयन्त्र एजुकेसनल फाउन्डेसन, पुष्पलाल मेमोरियल स्कुल, ब्रह्मकुञ्ज शिक्षा सदन, बालबाटिका स्कुल, मिनील्यान्ड स्कुल, स्वस्तीश्री गुरुकुल, विद्यावाणी पाठशाला, हाइल्यान्ड स्कुल र अक्षरा स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका संयोजक सुप्रभ घिमिरेले ‘खेलमार्फत आपसी एकता र सकारात्मक ऊर्जा प्रवर्द्धन’ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताका सम्पूर्ण खेलहरू हर हर महादेव इभेन्ट्स एन्ड स्पोर्टस्मा सञ्चालन हुनेछन्।

प्रतियोगितालाई सफल बनाउन लावण्य इन्टरनेसनल, वेद इन्ग्रेल्स, मेरो कोडिङ, कारखाना साइन्स, ओएसिस पब्लिकेसन, कुमार बेकरी, दैनिक सुपर मार्ट, मर्सील्यान्ड प्रेस, बुलेट टेलर्स र गौतम स्टेसनरीले प्रायोजन गरेका छन्।