मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुसेला काव्यशालामा सुनिए नारायण ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

सुसेला काव्यशालाको छैटौँ शृंखलामा लेखक नारायण ढकाल सुनिएका छन्। सुसेला संगीत समूहको आयोजनामा काठमाडौंको शंखमूलस्थित उजामा क्याफेमा ढकालका कवितासहित सांगीतिक प्रस्तुति गरिएको थियो।

कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो। जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो।

जीवनका आयामहरूमा पाँच दशक लामो समयसम्म कतै न कतै सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञ, सांसदलगायत विभिन्न पहिचान बनाएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायतका पुस्तकहरू प्रकाशित छन्।

सांगीतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा उपस्थित भई कवितावाचन गर्दा आफूलाई फरक अनुभूति भएको बताउँदै ढकालले कार्यक्रमको प्रशंसा गरेका थिए।

खगेन्द्र संग्राैला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदविक्रम केसीलगायतको उपस्थित थियो।

दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार गर्ने गरी सुरु भएको सुसेला काव्यशाला आगामी दिनमा नियमित हुने आयोजक समूहले जनाएको छ।

छुटाउनुभयो की ?