
प्रधानमन्त्री केपी ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियान्जिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुिच भेटवार्ता भएको हो । उनीहरूबिच जलवायु परिवर्तनबाट परेको असर र त्यसमा ठुला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।