मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको दियो सात हजार २४१ जनालाई निःशुल्क तालिम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा सात  हजार २४१ जनालाई निःशुल्क तालिम दिएको छ ।

उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो । जसमध्ये पुरुष दुई हजार ५९१ र महिला चार हजार ६५० जना रहेका छन्।

महानगरको रोजगार शाखाका अनुसार प्लम्बिङ, केयर गिभर, मन्टेस्वरी, फेसन डिजाइनर, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटिपार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैँजडीमा खरी भर्ने, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ।

यस्तै कृषि, बारिष्ठा बेकरी, सरफ, साबुन, भाँडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस तथा चुरा बनाउने, ड्राइभिङ, एडभान्स ब्युटिपार्लर, कुक, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो । तालिमहरू १५ दिनेदेखि तीन महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ ।

श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन्। अहिले यहाँका उद्योग, कलकारखानालगायतका ठाउँमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।