मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१ असोजदेखि कोशी, मधेश र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी

देशभर ९ वटा कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

चौतर्फी आलोचनाका बाबजुद सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिइरहेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान कार्यलाई देशभर विस्तार गर्ने भएको छ। विभागले विभिन्न प्रदेशका नाैवटा कार्यालय तोकेर क्रमशः जडान  गरिरहेको छ।

विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका कार्यालयहरूमा नम्बर प्लेट जडान भइरहेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुना (सानाठुला सवारी), हेटौँडा, गुर्जुधारा (काठमाडौं), पोखरा (कास्की), बुटवल (रुपन्देही), तुलसीपुर (दाङ), नेपालगञ्ज (बाँके), सुर्खेत र सवारी परीक्षण कार्यालय टेकुमा हालैदेखि जडान कार्य सञ्चालनमा छन्।

यससँगै सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी र कञ्चनपुरमा  भने ०८२ असोज १ गतेदेखि जडान कार्य सुरु हुने भएको छ। त्यस्तै, मधेश प्रदेशअन्तर्गत वीरगञ्ज (पर्सा) र लहान (सिराहा) कार्यालयमा, बागमती प्रदेशअन्तर्गत चितवनमा, कोशी प्रदेशअन्तर्गत इटहरी (सुनसरी) र बिर्तामोड (झापा) कार्यालयमा पनि क्रमशः नम्बर प्लेट जडान सुरु हुने विभागले जनाएको छ।

सरकारले यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउन इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने नीति लिएको छ। यसले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र डिजिटल प्रणालीमार्फत निगरानी गर्न सजिलो हुने विभागले दाबी गरेको छ।