
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ प्रकाशन हुने भएको छ । मदन पुरस्कार बिजेतासमेत रहेका चन्दको उपन्यास सामाजिक कथावस्तुमा रचिएको छ ।
कृति १४४ पेजको रहेको छ भने उपन्यासलाई २५ उप–शीर्षकमा बाँढिएको छ। नेपाली सहित्य क्षेत्रलाई दर्जनौ कृती दिएका चन्दको यसअघि विभिन्न कथा, नाटक, र उपन्याससंग्रह प्रकाशित भएका छन्। चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कर प्राप्त गरेको थियो। अपराजिता, बार्हौँ खेलाडी, रात्री भोज, हिउँको तन्ना, नेताको साथीजस्ता चर्चित पुस्तकहरू चन्दका प्रकाशित छन्। ‘बदलिँदो समयचक्र’ उपन्यास सम्बर्द्धन पब्लिकेसन्सले प्रकाशन गरेको हो ।
प्रकाशन राधाकृष्ण बिष्टका अनुसार आउँदो भदौ २० गते विमोचनको तयारी छ।