मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सात हप्तापछि संवैधानिक इजलास गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १२:११:oo

सर्वोच्च अदालतमा सात हप्तापछि संवैधानिक इजलास तोकिएको छ । संवैधानिक नियुक्तिबारेको फैसलापछि प्रधानन्यायाधीशको नेतृत्वमा रहने उक्त इजलास पहिलोपटक बसेको हो ।

इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा छन् । अध्यादेश ल्याई संवैधानिक परिषद् अध्यादेश संशोधन गरी साढे चार वर्षअघि भएका ५२ नियुक्ति सिफारिसको वैधतामाथि सर्वोच्चले फैसला गरेपछि उक्त इजलास बस्न सकेको थिएन। 

पाँच न्यायाधीशबाट तीनथरी राय व्यक्त भई आएको फैसलामाथि विभिन्न कोणबाट प्रश्न उठेका थिए । जसपछि उक्त इजलास गठनबारे न्यायवृत्तमा बहस भएका थिए । यसैबिच लामो समयपछि उक्त इजलास बसेको हो । उक्त इजलासमा १५ वटा मुद्दा तोकिएका छन् ।