मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Monday, 25 August, 2025
२o८२ भदौ १० मंगलबार oo:१२:oo
Read Time : < 1 मिनेट
समाचार

२८ औं वर्षमा हार्दिक फिटनेस क्लब 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार oo:१२:oo

ललितपुरको पुलचोकस्थित हार्दिक फिटनेस क्लब २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं वार्षिकोत्सवको अवसरमा क्लबले २४ देखि ३० अगष्टसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी उत्सवका रुपमा मनाइरहेको छ। 

‘क्लबको यो माइलस्टोन वार्षिकोत्सव हाम्रा सदस्य र कर्मचारीसँग मनाउन पाउँदा हामी एकदमै उत्साहित छौं,’ क्लबका सञ्चालक विराज विष्ट भन्छन्,‘वितेको २८ वर्षमा हामीले अटुट रुपमा उच्चस्तरको फिटनेस सेवा दिन सकेका छौं । हाम्रो यो यात्राको सबै हिस्सेदारप्रति कृतज्ञ छौं र आगामी दिनमा पनि यो साथको अपेक्षा गरेका छौं ।’ 

वार्षिकोत्सवको अवसर क्वलले फिटनेस प्रतिस्पर्धादेखि अक्वा जुम्बा लगायत रमाइला कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यो एक हप्ताभित्र सदस्य बन्नेलाई क्बले बिशेष छुटको व्यवस्था पनि गरेको छ। 
पुल्चोकमा रहेको यो हार्दिक प्रिमियर फिटनेस क्लबका रुपमा लोकप्रिय छ । क्लबमा स्वीमिङ पुल समेत रहेको छ।