मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ भदौ ९ सोमबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियाबाट ४८ लाखको अवैध इलेक्ट्रोनिक चुरोट बरामद

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ भदौ ९ सोमबार १७:५३:oo

बर्दियामा सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँबराबरको अवैध चाइनिज इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ। मधुवन नगरपालिका–५ शक्तिपुरमा रहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बिओपीले ४८ लाख ५ हजार मूल्यको अवैध भेप बरामद गरेको हो।

सशस्त्र प्रहरीले गस्तीका क्रममा साइकलबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त भेप बरामद गरेको थियो। नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा रहेको टोलीले उक्त अवैध इलेक्ट्रोनिक चुरोट बरामद गरेको हो।

तस्करले सशस्त्र प्रहरी देख्नासाथ भेप र साइकल छाडेर भागेको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रतिबन्धित इलेक्ट्रोनिक चुरोट भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार राति १२ बजे प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए।

स्पेसमेन एसपी ४०००० नामको चाइनिज चुरोट एक हजार ९२० वटा रहेको सशस्त्र प्रहरी उपरीक्षक शाहीले जानकारी दिए। ‘एउटा भेपको बजार मूल्य २ हजार ५ सय रहेको छ। बरामद गरिएको  चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ,’ उनले भने।