मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीले गरे प्रदर्शन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

काठमाडौंमा आज कबाड व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले कबाड संकलन र भण्डारणमा रोक लगाएको निर्णयको विरोधमा भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म र्‍यालीसहित प्रदर्शन गरिएको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र कबाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाउँदै आएको छ, जसको कारण प्रभावित व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले यो निर्णयले आफूहरूको रोजगारी खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

कबाड संकलक र व्यवसायीहरूले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।

तस्बिरहरू :