मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४६:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टीमातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावबारे समीक्षा गरिने जानकारी दिए। 

जनवर्गीय संगठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिए।

साथै समाजवादी विचारधारा भएका दलहरूबिच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबिच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ।