मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कैदमा रहेका रविलाई संसद्को रोस्टमबाट प्रधानमन्त्री ओलीको ‘धम्की’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३५:oo

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका समर्थक र सभापति रवि लामिछानेविरुद्ध अमर्यादित टिप्पणी गरेका छन् । कारागारमा रहेका रविलाई धम्की दिएका ओलीले उनका समर्थकलाई ‘भिड’ भनेका छन् ।

प्रतिनिधिसभामा बुधबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले रविलाई अदालतले थुनामा पठाएको कुरालाई राजनीतिक प्रतिशोध भनेर जबर्जस्त भाष्य बनाउन खोजिएको टिप्पणी गरे । ‘लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ । तर, अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ?’ ओलीले प्रश्न गरे, ‘त्योचाहिँ कानुनी कारबाही हो ? अर्बाैँ रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुन–कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन–कुन व्यक्तिमाथिको थुना जायज हो ?’ 

प्रधानमन्त्री ओलीले भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने बताए । ‘त्यस्ता (रवि)का पछि लागेर कुद्ने भिड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ,’ उनले भने । ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णयमा सरकारको हात नहुने दाबी गरे । ‘संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरूलाई पेसेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्छ,’ उनले भने । 

ओलीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीविरुद्ध संसद्मा रास्वपा र राप्रपाले गरिरहेको आन्दोलनलाई ‘ब्ल्याकमेल’ भनेर आलोचना गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,’ उनले भने, ‘यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’