Skip This
सामसङको मनसुन क्याम्प सुरु, चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गरिदिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २६ सोमबार १९:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामसङको मनसुन क्याम्प सुरु, चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १९:o८:oo

मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइल मर्मत गर्नका निम्ति सामसङ नेपालले ‘सामसङ मनसुन क्याम्प’ सुरु गरेको छ।

ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग चार्जिङ पोर्ट मर्मत गर्न सहयोग गर्ने उद्देश्यले यो अभियान ल्याएको सामसङ नेपालले जनाएको छ। यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसङ प्रयोगकर्ताहरूले वारेन्टी भएका वा नभएका दुबैखाले सामसङ फोन अधिकृत सामसङ सेवा केन्द्रमा गएर निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, श्रम शुल्क र थप पार्ट्सको लागत भने ग्राहक आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल सामसङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्, ‘सामसङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकी हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।’

सामसङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसङ कस्टुमर केयरमा सम्पर्क गर्नुहोस्।