Skip This
युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसंघ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका न्यूयोर्क
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको राष्ट्रसंघीय राजनीतिक र शान्ति निर्माण मामिला विभाग युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले बताएका छन्। गाजा क्षेत्रको सम्बन्धमा इजरायली सरकारको हालैको निर्णयले इजरायल र प्यालेस्टिनी क्षेत्रभन्दा बाहिर पनि द्वन्द्वको भयानक डर पैदा गर्ने खतरा रहेको विषयमा उनले जोड दिएका छन्।

मध्यपूर्वको स्थिति सम्बन्धमा भएको सुरक्षा परिषद्को आपतकालीन बैठकमा उनले गाजाको मानवीय पीडा अन्त्य गर्ने एक मात्र उपाय तत्काल पूर्ण र स्थायी युद्धविराम गर्नुभएको भन्दै बन्धकहरूको विनासर्त तत्काल र रिहाइको लागि आह्वान गरेका हुन्।

संयुक्त राष्ट्रसंघका अधिकारीले इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको पालना गरी निर्बाध रूपमा आवश्यक मानवीय सहायता वितरण गर्न अनुमति दिन आह्वान गरेका छन्। उनले सहायता खोजिरहेका मानवीय कार्यकर्ताहरूसहित नागरिकहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिएका छन्।

गाजामा द्वन्द्वको समाधान इजरायलको गैरकानुनी कब्जाको अन्त्य र व्यावहारिक समाधानविना कुनै दिगो समाधान नहुने भन्दै गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग भएको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली सरकारद्वारा गाजाको नियन्त्रण गर्ने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले यो निर्णयले विनास बढाएर लाखौँ प्यालेस्टिनी र बन्धकहरूको जीवनलाई जोखिममा पार्ने बताएका छन् ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर तुर्कले इजरायली सरकारलाई कब्जा गरिएको गाजापट्टीमा नियन्त्रण गर्ने योजना रोक्न आग्रह गरेका छन्।