मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २५ आइतबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार ११:५१:oo

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड–२०२५’ कार्यक्रम सकिएको छ । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने चार सय ४० एजेन्सी, एजेन्सी म्यानेजर र कम्पनीका कर्मचारीको उपस्थिति रहेको थियो । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य अग्रवाल र ढकालले गत आवमा कम्पनीले प्रथम बिमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुंगा गरेकामा सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद प्रकट गरे । आर्थिक मन्दीबिच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफका अभिकर्ता अब्बल रहेको उनीहरूको भनाइ थियो । 

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आवको व्यापार समीक्षा गर्दै चालू आव ०८२/८३ मा सेल्स रणनीतिबारे जानकारी गराएका थिए । 

यसैगरी, नेसनल सेल्स हेड उमापति पोखरेलले कम्पनीले गत वर्ष आफूलाई थप सबल बनाउन संरचनात्मक परिवर्तन गरेकाले नै सेवा प्रवाह थप चुस्तदुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको उल्लेख गरे । 

कार्यक्रममा एजेन्सी म्यानेजरका तर्फबाट उत्कृष्ट एक सय ११ र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट तीन सय २९ अभिकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै, ९६ जनालाई सम्राट् पदक, ८७ जनालाई रत्न पदक र दुई सय ५७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो भने एजेन्सी म्यानेजरतर्फबाट क्रमश: प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र वसन्ती शर्मा तथा व्यक्तिगत कोडतर्फबाट सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई अवार्डका साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।