
गत महिना ग्रिसका आप्रवासनमन्त्री थानोस प्लेभ्रिसले अफ्रिकाबाट भूमध्यसागर हुँदै फर्जी यात्रापछि ग्रिकको किनारमा पुग्नेलाई शरण दिन प्रभावकारी रूपमा अस्वीकार गर्ने नयाँ कानुन घोषणा गरे । ‘ग्रिसले उत्तर अफ्रिकाबाट हजारौँ अनियमित आप्रवासीको अनियन्त्रित प्रवेशलाई सहन गर्दैन,’ प्लेभ्रिसले एक अन्तर्वार्तामा भने । ग्रिसको नयाँ कानुनको विरुद्धमा प्रतिक्रिया तुरुन्तै आए, मानव अधिकार संगठनले यसलाई गैरकानुनी भनेर वर्णन गर्दै यसलाई फिर्ता लिन आह्वान गरे । ग्रिक बार एसोसिएसनको पूर्ण बैठकले शरणको अधिकार अस्वीकार गर्नु अन्तर्राष्ट्रिय र इयू कानुनको उल्लंघन हुने कुरामा जोड दियो ।
सोही दिन महाद्वीपको अर्को छेउमा बेलायती प्रधानमन्त्री केयर स्टामरमरले फ्रान्ससँग ‘अभूतपूर्व सम्झौता’को रूपरेखा प्रस्तुत गरे, जुन उनको बुझाइमा साना डुंगा र तस्करी गिरोह लक्षित छ । बेलायत–फ्रान्स सम्झौतालाई राजनीतिक परिदृश्यका सबै पक्षले आलोचना गरेका छन् । डाक्टर विदाउट बोर्डर्सजस्ता संस्थाले यसलाई ‘लापरबाह’, ‘दुर्भाग्यपूण’ र ‘खतरनाक’ भनेका छन्, जबकि आप्रवासी अधिकार नेटवर्कले नयाँ सम्झौताले मानिसलाई बेलायतमा प्रवेश गर्न प्रयासबाट नरोक्ने पक्षलाई जोड दियो । ग्रिस र बेलायतको आप्रवासन रोक्ने नयाँ योजना असफल हुने निश्चित छ, र कारण सरल छ, आप्रवासन प्रतिबन्धले काम गर्दैन ।
एक दशकअघि सन् २०१५ को ग्रीष्ममा युरोपेली संघले एउटा यस्तो संकटको सामना गर्यो, जुन उसले अपेक्षा गरेको थिएन र त्यसका लागि तयारसमेत थिएन । इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्ट (आइएसआइएल, जसलाई आइएसआइएस पनि भनिन्छ) को उदय, सिरियाको क्रूर गृहयुद्ध र अफगानिस्तानमा अस्थिरताले हजारौँ मानिसलाई युरोपेली संघमा सुरक्षा खोज्न बाध्य बनायो । ‘लामो बसाइँसराइ’ले इयूमा तथाकथित शरणार्थी संकटको सुरुवातलाई संकेत गर्यो । तैपनि, इयूसँग स्पष्ट योजना थिएन । सन् २०१५ को मेमा सहमति भएको युरोपेली बसाइँसराइ एजेन्डा अझै परीक्षण गरिएको थिएन ।
आज, युरोपभर बसाइँसराइ नीतिलाई नयाँ आकार दिने काम भइरहेको छ । ग्रिसले २०१५ देखि प्रतिबन्धात्मक निवारक उपायलाई औचित्य दिने काम गरेको छ । ग्रिसको नवउदारवादी सरकारका लागि बसाइँसराइ यसको आर्थिक सफलताको कथामा एउटा धब्बा पनि हो । बेलायतमा, बसाइँसराइलाई अति–दक्षिणपन्थी भावनालाई बल दिन प्रयोग गरिएको छ । युरोपमा आप्रवासन नीति आगमनलाई रोक्न मात्र नभई घरेलु राजनीतिक माग पूरा गर्न पनि बनाइएको छ ।
न त आप्रवासन योजनालाई महाद्वीपभर अति दक्षिणपन्थीको उदयबाट अलग्गै हेर्न मिल्छ । आप्रवासीको अवैधीकरणलाई अतिदक्षिणपन्थी बयानबाजी अपनाउने कार्य दुवै देशमा अमानवीय नीतिलाई औचित्य दिन प्रयोग गरिएको छ । ग्रिसको नयाँ नीतिको औचित्य अफ्रिकाबाट ‘आक्रमण’को शंकास्पद विवरणमा केन्द्रित छ, जुन आप्रवासन मन्त्रीले बारम्बार बोलेका छन् । ग्रिसका आप्रवासन मन्त्रीका लागि ग्रिक सीमा र विस्तारद्वारा युरोपेली सीमालाई सुदृढ पारिनुपर्छ, ताकि ‘वास्तविक शरणार्थी’ले मात्र युरोपेली सुरक्षाको फाइदा लिन सकून् । गृहमन्त्री यभेट कुपरका अनुसार ब्रिटिस सरकारका लागि साना डुंगामा ‘देशकोे सीमा सुरक्षालाई कमजोर पार्ने’ शक्ति हुन्छ, त्यसैले तिनीहरूलाई प्रवेश गर्नबाट रोक्नुपर्छ ।
प्रत्येक बसाइँसराइ योजना ग्रिस, इयू र बेलायतमा फरक–फरक राजनीतिक प्रक्रियाको उत्पादन हो, तिनीहरूको डिजाइन र त्यसलाई औचित्य दिन प्रयोग गरिएका विवरण धेरै तरिकामा समान छन् । तिनीहरू दुवैले आप्रवासी र सीमालाई समान रूपमा अवधारणा बनाउँछन् । प्रत्येक राज्यका लागि आप्रवासीलाई सीमाका लागि खतराको रूपमा हेरिन्छ र सीमालाई सुरक्षाको आवश्यकताको रूपमा हेरिन्छ । प्रत्येक देशको किनारमा पुग्ने आप्रवासीलाई अपराधीकरण गरिन्छ र सरकारी अधिकारीमार्फत ‘अवैध आप्रवासी’ शब्दले प्रमुखता प्राप्त गरेको छ । फलस्वरूप, सीमालाई एक सुरक्षा संयन्त्रको रूपमा हेरिन्छ । साथै, यी दृष्टिकोणले विभाजनको ‘हामीविरुद्ध तिनीहरू’ कथा सिर्जना गर्छ । आप्रवासीलाई तिनीहरूको प्रवासी पहिचानमा सीमित गरिन्छ, उनीहरूलाई एक समूहको रूपमा हेरिन्छ र उनीहरूको व्यक्तिगत अनुभवले कुनै अर्थ राख्दैन । यसरी, आप्रवासी अन्तर्राष्ट्रिय सुरक्षाको योग्य वा अयोग्य, पश्चिमी राज्यका लागि वाञ्छनीय वा अवाञ्छनीय हुन्छन् । ‘वास्तविक शरणार्थी’ भनेर बुझिएकाहरूलाई मात्र अन्तर्राष्ट्रिय सुरक्षाको योग्य मानिन्छ । ‘अवाञ्छनीयहरू’ शून्यमा परिणत हुन्छन् र सीमाबाट निष्कासित गरिन्छ । फलस्वरूप, डरको कथालाई बढावा दिइन्छ र संकट सिर्जना हुन्छ ।
युरोपेली सीमामा भएका विभिन्न घटना ‘शरणार्थी संकट’को रूपमा परिचित भए पनि वास्तवमा ती युरोपेली सीमाको संकट थिए । सीमा संकटको समयमा युरोपेली सीमा शासन पहिलेभन्दा बलियो रूपमा देखा पर्यो र सीमाविहीन संसारको इयूको नवउदारवादी कल्पना ढल्यो । महाद्वीपभरि पर्खालहरू खडा गरियो, ‘अवाञ्छनीय’हरूलाई रोक्न र निष्कासन गर्न नयाँ सीमा प्रविधि तैनाथ गरियो र त्यसको परिणामस्वरूप मानव अधिकार उल्लंघन र हिंसालाई सामान्य बनाइयो । युरोपेली महाद्वीपको सिमानामा मृत्युको आँधीबेहरी जारी छ । बेलायत–फ्रान्स सम्झौतालाई अभूतपूर्व रूपमा वर्णन गरिएको हुन सक्छ । तर, २०१६ मा इयू–टर्किए सम्झौताले यस्ता ‘परिवर्तित’ नीतिका लागि मार्गप्रशस्त गर्यो । यी सम्झौता असफल भए । इयू र टर्किएबिचको सम्झौताले छोटो अवधिमा एजियन सागर पार गर्ने मानिसको संख्या घटाएको हुन सक्छ । यद्यपि, यसले तिनीहरूलाई रोकेन । बरु, यसले प्रवासी मार्ग सार्यो, नयाँ मार्ग खोल्यो र प्रवासी यात्रालाई अझ जटिल र खतरनाक बनायो ।
तिनीहरूको असफलताको कारण सरल छ, मानव आवागमन नियन्त्रण गर्न सकिँदैन । तर्कसंगत रूपमा, यसलाई रोक्न वा ढिलाइ गर्न सकिन्छ, तर यसलाई रोक्न सकिँदैन । यी नीति जातिवादमा जरा गाडेका छन् र जानाजानी विभाजन सिर्जना गर्न डिजाइन गरिएका छन् । तिनीहरूको मुख्य उद्देश्य मानिसलाई अलग गर्नु र को सुरक्षित रूपमा बस्न योग्य छ र कसलाई पश्चिमी क्षेत्रबाट निष्कासित गर्नुपर्छ भनेर निर्धारण गर्नु हो । तिनीहरूलाई इयू र बेलायतको औपनिवेशिक र पुँजीवादी विगतबाट अलग्गै हेर्नुहुँदैन । साथै सीमाको तमासा पूर्ण रूपमा मञ्चन गरिएको छ, यसले कृत्रिम संकटमाथि नियन्त्रणको भ्रम उत्पन्न गर्छ, जुन वास्तवमा नियन्त्रण गर्न सकिँदैन ।
(पत्रकार काराकौलाकी युरोपमा बसाइँसराइ र अति दक्षिणपन्थीबारे कलम चलाउँछिन्)
– अलजजिराबाट