मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २४ शनिबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्राउनसुगर र अन्य लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १८:o७:oo

सिराहाको प्रहरीले सिराहा नगरपालिका र सीमावर्ती नवराजपुर गाउँपालिकाबाट छुट्टाछुट्टै रूपमा ब्राउनसुगर र अन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका- ९, गुलरिया चोकस्थित बाँसझ्याङबाट सिराहा २२ हकपाडा गाउँका करिब ३२ वर्षीय रोशनकुमार यादलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बाँसझ्याङबाट नियन्त्रणमा लिइएका यादवको शरीर खानतलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकसहित एक ग्राम २६ मिलिग्राम बरामद भएपछि तत्काल पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरन्द्रकुमार पासवानले जानकारी दिए। 

हेल्मेटभित्र लागुऔषध, थप दुई पक्राउ

प्रहरीका अनुसार नवराजपुर गाउँपालिका- ५, सोनरपुरबाट इलाका प्रहरी कार्यालय  झाँझपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नवराजपुरबाट खटिएको संयुक्त टोलीले हेल्मेटभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुईजनालाई पक्राउ गरेको छ।

प्रदेश २–०१–००२ प २९३९ नम्बरको मोटरसाइकलमा रहेका धनगढीमाई नगरपालिका- १४ का करिब ३९ वर्षीय भाइकाजी शाही ठकुरी र ३० वर्षीय संजय राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ठकुरीले लगाएको हेल्मेटभित्र लुकाएको लागुऔषध ५४ वटा सेम्पेक्स ट्याब्लेट भेटिएपछि दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गरिएका तीनजनालाई सिराहा प्रहरीको हिरासतम राखेर शुक्रबार सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ।