Skip This
साउन २४ देखि ३० गते सम्मको साप्ताहिक राशिफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार o५:५९:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साउन २४ देखि ३० गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार o५:५९:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन २४ गते शनिबारदेखि साउन ३० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । सोचेका र मनले चिताएका सम्पूर्ण कार्य सफल हुने योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । साताको अन्त्यमा मनमा आध्यात्मिक सोच र चिन्तन बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा  आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो साता नयाँ धार्मिक तीर्थस्थलको भ्रमण हुनेछ  । परिवारको सहयोगमा  प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । टाढा रहेका  आफन्तजनसँगको सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सिर्जना हुन सक्ने सम्भावना रहेकाले संघर्षको सामना गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ योगका कारण यो साता महत्वपूर्ण रहनेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोगका कारण रोकिएका अधुरा काम पुन: सुरु हुने योग रहेको छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यमा धन खर्च हुनेछ । अरूको सहयोगबाट धन कमाउने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ काम पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । छोटो तथा लामो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला, यात्रा कष्टकर हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अकस्मात् धन प्राप्तिको योग रहेको छ  । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगतिसमेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय फलदायी रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । भौतिक तथा मानव निर्मित स्रोत–साधनको प्राप्तिको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुŒव जमाउन सकिनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । अकस्मात् यात्रामा निस्किनुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्वपूर्ण क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरूको विश्वास जित्न सकिनेछ । वाक्चतुर्‍याइँले संकल्प सिद्ध हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । साताको अन्त्यमा सन्तान सुख पनि मिल्न सक्छ । नाफामूलक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको अन्त्यमा खोज तथा अनुसन्धानका क्षेत्रमा अलि बढी मिहिनेत गरे मात्र नतिजा आफैँतिर ल्याउन सकिने योग छ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरमा अतिथिको आगमन हुनेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । पढाइलेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा काम गर्ने जोस, जाँगर र उमंग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मिहिनेत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिएला । वैदेशिक यात्राको योग रहेकाले यात्रा फलदायी रहने देखिन्छ ।