Skip This
एक एम्बलेन्स चालक : जसले दिदैछन्, वडाका बिरामीलाई निःशुल्क सेवा  
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार o९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक एम्बलेन्स चालक : जसले दिदैछन्, वडाका बिरामीलाई निःशुल्क सेवा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार o९:५९:oo

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ । वडा नम्बर १२, रझेनाका एम्बुलेन्स चालक सुवास रिजालले यो सेवा सुरु गरेका हुन् । 

रिजालले मृगौला पीडित बिरामीलाई अस्पतालसम्म पुर्‍याउने तथा मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि घाटसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने बताएका हुन् । आफ्ना बुवा समेत मृगौला समस्याका कारण निधन भएको भन्दै मृगौला पीडितहरुको अवस्थालाई मध्येनजर गरि यो सेवा सुरु गरिएको उनले बताए ।  त्यस्तै उनले तुलसीपुर–६ स्थित मानव सेवा आश्रममा आश्रय लिएका व्यक्तिहरुलाई औषधी उपचारका लागि अस्पताल लैजान पनि निःशुल्क एम्बुलेन्स सेवा दिने बताए ।  

रिजालले २४ सैं घण्टा सेवा दिने समेत बताए । त्यसकालागि ९८५७८२२२५४ वा ९८४६८९२३९४ नम्बरमा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।  २१ साउनमा परेको जन्मदिनको अवसरमा उनले यस्तो सेवा सुरु गरेका हुन् । उनी विगत १४ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत छन् । हाल संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय  सचिवालय सदस्य समेत हुन् ।