मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व आदिवासी दिवस नवलपुरमा पनि अन्तर्क्रिया गरी मनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १३:o५:oo

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) नवलपुरले ३१औँ विश्व आदिवासी नवलपुरमा पनि विविध कार्यक्रम गरी मनाउने भएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा कावासोतीमा बसेको जिल्ला कार्यसमितिको बैठकले यस वर्षको विश्वआदिवासी दिवस ‘प्राकृतिक स्राेत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था युएन ड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नारासहित मनाउने निर्णय गरिएको जानकारी दिए । 

कार्यक्रम कावासोती– ३ मा रहेको मगर गुम्बा हलमा साउन २४ गते शनिबार हुने भएको छ । उक्त दिन यहाँ रहेका संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू र आदिवासी जनजातिका अगुवाहरूबिच प्राकृतिक स्राेत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार र स्थानीय तहमा आदिवासी जनजातिको मातृभाषा कार्यान्वयनको विषयमा अन्तर्क्रिया गरिने भएको छ । 

कार्यक्रममा आदिवासी जनजातिका जातीय घटकहरूको पनि सक्रिय सहभागिता रहने जनाएको छ भने त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ पालिकास्तरीय समितिलाई पनि आ–आफ्नो ढंगले विश्व आदिवासी दिवस मनाउने आग्रह गरिएको अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।