मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरगन्जकाे रात्रिबजारमा २० लाखभन्दा बढीको अनियमितता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रात्रिबजार लगाउने कार्यक्रमको नाममा आर्थिक अनियमितता गरेको पाइएको छ।

महानगरपालिकाले वीरगन्ज साइक्लिङ क्लबसँग रात्रिबजार लगाउने कार्यक्रमका लागि लागत अनुमान तयार नगरी र प्रतिस्पर्धा नगराई २० लाख २७ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको महालेखाले औँल्याएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९९ मा गैरसरकारी संस्थाबाट काम गराउनका लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधि, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधिसहित कार्यक्षेत्रगत सर्त र लाग्ने रकमको मोटामोटी अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। सोही नियमको उपनियम ८ मा १० लाख रुपैयाँभन्दा बढीको लागत अनुमान भएको काम गराउनका लागि खुला रूपमा आशयपत्र माग गरी परामर्श सेवा खरिद अवलम्बन गर्नुपर्ने व्यवस्था छ।

तर, महानगरले यी व्यवस्थाविपरीत लागत अनुमान तयार नगरी र प्रतिस्पर्धा नगराई २० लाख २७ हजार २५० रुपैयाँ वीरगन्ज साइक्लिङ क्लबलाई भुक्तानी गरेको महालेखाले जनाएको छ।

सार्वजनिक खरिद नियमावलीको प्रावधानअनुकूल नभएको खर्च नियमसम्मत नदेखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ।