
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अंकले बढेर दुई हजार ८७५ दशमलब ३६ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।
आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर एक लाख ४९ हजार २७४ पटक खरिद-बिक्री हुँदा रु. १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।