मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १९ सोमबार १६:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धीरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १६:११:oo

गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दै छन् । यो सिनेमाको गत चैतमा केही दिन छायांकनसमेत भइसकेको छ । अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ ।

गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासनासिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी छिन् । ‘जलाकी’मा पनि उपासनाको मुख्य भूमिका रहनेछ । उनले यो सिनेमामा अभिनेता धीरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दै छिन् । ‘खुस्मा’मा पनि उनको जोडी धीरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतीक्षामा रहने देखिन्छ ।

सोमबार यो सिनेमाबाट अभिनेता धीरज मगर र उपासनासिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टरसमेत रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्दै छिन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापामगर, राजु रेग्मी मगर, खड्कबहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरूको छनाेट कार्य भइइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीकको रूपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोस्राे र तेस्राे गरी तीन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापामगरले बताए ।

रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउनेछ । सिनेमाका निर्माताहरूमा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोड्युसरमा राजु रेग्मीमगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

निर्देशक अशोक थापामगरको डेब्यु निर्देशकीय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्नसमेत सफल भएको थियो ।