मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format o६:oo:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : पुस्तकको प्रभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:oo:oo

वर्नर कार्ल हाइजेनवर्ग जब १९ वर्षका थिए, त्यतिखेर उनी पाठशालामा सुरक्षा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेकोे वेलामा कतैबाट प्रख्यात दार्शनिक प्लेटोको एक पुस्तक उनको हातमा आइपुग्यो । जसमा प्राचीन ग्रिसको परमाणुसम्बन्धी सिद्धान्तबारे व्याख्या गरिएको थियो । 

पुस्तक हातमा परेपछि उनी त्यसको अध्ययनमा जुटे । सो पुस्तक पढ्दापढ्दै वर्नरलाई भौतिक विज्ञानप्रति रुचि बढ्न थाल्यो । परिणामस्वरूप उनी यसै क्षेत्रमा केही गर्ने विचारका साथ थप खोज र अध्ययनमा जुटे । निरन्तरको मिहिनेत र लगावका कारण २३ वर्षको उमेरसम्ममा उनी गोटिजेनमा प्रोफेसर मेक्स प्लांकको सहायक पदमा नियुक्त भए । आफ्नो बेजोड प्रतिभाको बलमा उनले त्यहाँ पनि प्रोफेसर प्लांकलाई प्रभावित गर्न सफल भए । यसपछिका दिनमा उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनी लगातार सफलताको सिँढी चढ्दै अघि बढे । 

आफ्नो जीवनको २४औँ वसन्त बितुन्जेल वर्नर कोपेनहेगनको विश्वविद्यालयमा भौतिक विज्ञान विषयका लेक्चरर भइसकेका थिए । त्यहाँ रहेर भौतिक विज्ञान विषयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्दागर्दै हाइजेनवर्ग सफल वैज्ञानिकका रूपमा परिचित भइसकेका थिए । ६–७ वर्षसम्म उनले विज्ञानमा पुर्‍याएको योगदान र उनले गरेका विभिन्न अनुसन्धानका आधारमा उनलाई भौतिक विज्ञानतर्फको सन् १९३२ को नोबेल पुरस्कार प्रदान गरियो । यसप्रकार, एउटा पुस्तकले एकजना सामान्य सुरक्षा गार्डलाई केही वर्षभित्रै नोबेल पुरस्कार विजेता बनाइदियो ।