
नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ। कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती– ८ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
दुर्घटनामा परी बसमा सवार ३० मध्ये १५ जना घाइते भएका र उनीहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा र पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको नवलपुर प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। बसको स्टेरिङ फेल भएर दुर्घटना भएको नवलपुर प्रहरीले अनुमान गरेको छ।