
दोलखाका अगुवा सहित्यकार टेकबहादुर जिरेलको ‘जिरीसिक्रीको सुसेली’ कवितासंग्रह सार्वजनिक भएको छ।
प्राध्यापक डा. अभि सुवेदी, हास्यव्यंग्यकार मनोज गजुरेल, कलाकार मनदास श्रेष्ठलगायतले जिरेलको कवितासंग्रह विमोचन गरेका हुन्।
पर्यटन प्रवर्द्धन मञ्च नेपालले प्रकाशन गरेको संग्रहमा ७१ कविता संग्रहित छन्। कवितासंग्रह दोलखाको सुन्दर नगरी जिरी, जिरेल र उनीहरूका भोगाइसँग सम्बन्धित छ। १४४ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ४९९ रुपैयाँ छ।