मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार १२:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अहिलेको परिवर्तनमा स्व. चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १२:४o:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व. चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । आज बगालेको निवास भरतपुर महानगरपालिका- ४, त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताए । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उनले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

वि.सं. १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं. ८ मा जन्मेका बगालेको वि.सं. २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।