मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नीताको ‘सुख दु:ख’मा मिथिलापछि मदनकृष्णको इन्ट्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुखदुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्त्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको हो। 

फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफूलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन्।  

उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’
गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिलाबाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। 

यसअघि यो फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र साहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् । 

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।