मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। संखुवासभाको भोटेखोलाको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ भने बाढीकै कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ स्थित नेपाल र चीन जोड्ने पुल अवरुद्ध भएको छ। 

त्यस्तै, पासाङल्हामु सडक खण्ड, गल्छी त्रिशूलीदेखि मैलुङ स्याप्रु जाने सडक अवरुद्ध भएको छ। रुकुमपश्चिमको आठबिसकोटमा बाढी आउँदा जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड अवरुद्ध भएको छ। 

वर्षाले अवरुद्ध बनेको टोखा छहरे सडकखण्ड एकतर्फी सञ्चालन भएको छ। बागलुङ र गैँडाकोटस्थित कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ। त्यस्तै, बेनी–जोमसोम सडकखण्ड र पृथ्वी राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ।