मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयरमा कीर्तिमानी कारोबार, तर अन्तिम दुई दिन ओर्लियो

लगानीकर्ताले हतारमा नाफा बुक गर्न खोज्दा कीर्तिमानी विन्दु पुग्नबाट रोकियो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

यो साता सेयर बजार परिसूचक नेप्से ६०.०१ अंकले बढेको छ । तीन हजार विन्दु पार गरेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा अन्तिम दुई दिन नेप्सेले ठुलो गिरावट व्यहोर्नुपर्‍यो ।

मंगलबार परिसूचक तीन हजार २.०७ विन्दुमा पुगेर एक वर्षयताकै उच्चतम विन्दुमा पुगेको थियो । तर, गत वर्षकै विन्दुमा नेप्से पुगेपछि अधिकांश कारोबारीले नाफा बुक गर्न खोज्दा अन्तिम दुई दिनमा नेप्से घट्यो । 

सेयर कारोबार हुने अन्तिम दुई दिन बुधबार र बिहीबार बजार परिसूचक ७९.४३ अंकले घटेको छ । बजार परिसूचक बिहीबार २९ सय २२.६३ विन्दुमा रोकिएको थियो । बजारमा सर्वाधिक कारोबार भने आइतबार भएको थियो ।

आइतबार २५ अर्ब ९६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यो साता नेप्से पुँजीकरण ५० खर्ब नाघेर कीर्तिमानी कायम भएको छ ।