
नेपाली चलचित्र ‘सिटामोल’ यही साउन २३ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदै छ।
तुलसी एचडिएच फिल्म्स प्रालिको ब्यानरमा रुन्तारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरिएको चलचित्र सामाजिक विभाजन, मौन पीडा र पारिवारिक विछोडजस्ता गहिरा विषयमा आधारित रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा चर्चित कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौलालगायतको अभिनय छ। ‘सिटामोल’को टेलर र टिजर दुवैलाई ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको छ।
प्रमुख निर्माण टिम निर्देशक सिमोस सुनुवार, निर्माता राजबहादुर साने, कार्यकारी निर्माता गंगाराम श्रेष्ठ रहेका चलचित्रलाई नेपालसँगै थाइल्यान्ड, जापान, अस्ट्रेलिया, अमेरिका, मलेसियालगायत नेपाली समुदाय भएका विभिन्न देशहरूमा प्रदर्शन गरिने बताइएको छ।