
नेपालका दुई फरक युवा टोलीले थाइल्यान्डमा हुने एसियाली यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। एसियाली यू–१९ तथा यू–२२ प्रतियोगिता बिहीबारबाट बैंककमा सुरु हुँदै छ।
प्रतियोगितामा नेपालका चार खेलाडीसहित एक प्रशिक्षकको सहभागिता रहनेछ। पुरुष यू–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा रहेका छन्। यस्तै, यू–२२ तर्फ ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनार छन् । टोलीको प्रशिक्षकमा दीपक महर्जन छन्।
बुधबार टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गरेका छन्। बिदाइ कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतको उपस्थिति थियो।