मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमा प्रतिस्पर्धाविनै कर्मचारी नियुक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

तानसेन खानेपानी उपभोक्ता समितिले विनाप्रतिस्पर्धा सूचना नै ननिकाली कर्मचारी नियुक्त गरेको छ। समितिले विनाप्रतिस्पर्धा सूचना नै ननिकाली अध्यक्ष मोहन श्रेष्ठको प्रस्तावमा कार्यालय सहयोगी र सूचना अधिकारी नियुक्त गरेको हो।

सुरुमा ज्यालादारी भनेर राखिएका कार्यालय सहयोगी पुष्पा बस्याल र सूचना अधिकारी विन्दु थापालाई कार्यसमितिको बैठकबाट अध्यक्ष श्रेष्ठले तलबी कर्मचारी भनेर निर्णय गराएका हुन्। बस्याललाई १२ हजार र थापालाई १६ हजार ५०० रुपैयाँ तलबको व्यवस्था गरिएको छ। अन्य नियमित काममा भएका कर्मचारीलाई सूचना अधिकारी तोकिने अभ्यासका अगाडि तानसेन खानेपानी उपभोक्ता समितिले नौलो निर्णय गरेको हो।

सुरुमा ज्यालादारी कर्मचारी राखेको बताइरहेका अध्यक्ष श्रेष्ठले पछि तलबी बनाएकोसमेत हेक्का राखेनन्। प्रशासन सहायक भवेश्वर ज्ञवालीले ‘यहाँ सबै तलबी कर्मचारी छन्’ भनेपछि मात्रै अध्यक्ष श्रेष्ठले तलबी कर्मचारी राखिएको स्वीकार गरे।

श्रेष्ठले आफूहरू काम गर्नका लागि.आएको र विधि प्रक्रिया मात्रै भन्दा कामको गतिमा विश्वास गर्ने बताए। ‘गल्ती भएको कुरा सच्याउँदै जाउँला’ उनले भने, ‘सूचना निकाल्नुपर्छ भन्नेमा ध्यान दिन सकिएन।’