मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format o९:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतले चौथो टेस्ट गर्‍यो ‘ड्र’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२७:oo

भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट ‘ड्र’ गरेको छ । टेस्टको अन्तिम दिन आइतबारको खेल समाप्तिमा भारतले चार विकेटको नोक्सानीमा ४२५ रन जोडेपछि टेस्ट बराबरी भएको हो । इंग्ल्यान्डले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ६६९ रन जोडेको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा ३११ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा भारतका लागि वासिंटन सुन्दर र रवीन्द्र जडेजाले पाँचौँ विकेटका लागि २०३ रनको साझेदारी गर्दै टेस्टलाई बराबरी गराए । 

दुवैले ५५.२ ओभरसम्म अविजित ब्याटिङ गरेका थिए । सुन्दरले २०६ बलमा १०१ रन बनाए । उनले नौ चौका र एक छक्का प्रहार गरे । जडेजाले १८५ बलमा १३ चौका र एक छक्का प्रहार गरी १०७ रनको योगदान दिए । दोस्रो इनिङ्समा भारतको सुरुवात खराब रह्यो । इनिङ्सको पहिलो ओभरमै भारतले दुई महत्वपूर्ण विकेट गुमाएको थियो ।

इनिङ्सको ०.४ ओभरमा यशस्वी जैसवाल र साई सुदर्शन शून्यमा आउट भए । भारतले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा रन नै बनाएको थिएन । त्यसपछि लोकेश राहुल र कप्तान शुभमन गिलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरेका थिए । दोस्रो इनिङ्सको ९०.२ ओभरमा राहुलले आफ्नो विकेट गुमाए । उनले २३० बलमा आठ चौका प्रहार गरी ९० रन जोडे । त्यसपछि गिलले सुन्दरसँग चौथो विकेटका लागि ३४ रन बनाए । गिलले २३८ बल सामना गरी १०३ रन बनाए । उनले १२ चौका प्रहार गरेका थिए । 

इंग्ल्यान्डको विशाल योगफल 
इंग्ल्यान्डले पहिलो इनिङ्समा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । सो इनिङ्समा जोए रुटले १५० रनको शतकीय योगदान दिए । उनले २४८ बलमा १४ चौका प्रहार गरेका थिए । यसै शतकको मद्दतमा उनी टेस्ट फम्र्याटमा भारतका सचिन तेन्दुलकरपछि व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । 

सो इनिङ्समा कप्तान बेन स्टक्सले पनि १४१ रन बनाएका थिए । उनले १९८ बलमा ११ चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर ज्याक क्रेवेल र डेन डककेटले पहिलो विकेटका लागि ३१.६ ओभरमा १६६ रनको साझेदारी गरेका थिए । ज्याकले ११३ बलमा १३ चौका र एक छक्का प्रहार गरी ८४ रन बनाए । वेनले सय बलमा १३ चौकाको सहयोगमा ९४ रन जोडेका थिए । 

इंग्ल्यान्डविरुद्धको पहिलो इनिङ्समा रवीन्द्र जडेजाले चार विकेट हात पारेका थिए । भारतविरुद्धको पहिलो इनिङ्समा बेन स्टोक्सले ७२ रनमा पाँच विकेट हात पारेका थिए । यसैगरी जोफा आर्चरले तीन विकेट लिए ।