मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी मुद्राको अवैध कारोबार, ७५ लाख ९६ हजारसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४१:oo

विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ।

आइतबार कार्यालयमा पत्रकार सम्मलेन गर्दै कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १३ स्थित हाटबजार घर भई रुपन्देही तथा कास्कीमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका महुमुदिन एम अहमद रहेकाे जानकारी दिए।

पक्राउ पर्ने अन्य दुईमा झापाको दमक नगरपालिका– ४ स्थित चियादोकान घर भई पोखरा महानगरपालिका– ६, बैदाम बस्ने हिलारी मनी एक्सचेन्जका सञ्चालक राजकुमार बुढाथोकी र पोखरा– १९, पुरनचौर बस्ने सगरमाथा मनी एक्सचेन्जका सञ्चालक खेमराज पौडेल रहेका छन्।

उनीहरूको साथबाट नेपाली रुपैयाँसँगै अमेरिकी डलर र युरो गरी कुल ७५ लाख ९६ हजार नौ सय रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरा महानगरपालिका–१७ स्थित पार्दी बिरौटामा अवैध रूपमा विदेशी मुद्राको कारोबार भइरहेको भन्ने सूचना दिएँसगै खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर एक हजार दरका नोट १९६ थान, युरो पाँच सय दरको नोट तीन थान, दुई सय दरका नोट आठ थान, एक सय दरका नोट एक थानसँगै नेपाली रुपैयाँ एक हजार दरका नोट चार हजार ३७३ थान र एक सय दरका नोट सात थान बरामद गरेको ओलियाले जानकारी दिए। 

उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ। पक्राउ परेका उनीहरूलाई राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको ओलियाले जानकारी दिए।