मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सौहार्द र कान्तिपुर इन्टरनेसनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमुखीकरण तालिम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेसनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२ को परीक्षा दिएर बसेका झन्डै १५० जना विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएको हो । 

विद्यार्थीहरूलाई ‘प्लस टु’पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नका लागि कुन विषय छनाेट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनका लागि उक्त कार्यक्रम आयोजना गरेको हो । यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जिपिटी, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बेंक्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सिन्न पाउँदा खुसी व्यक्त गरेका थिए । ‘कार्यक्रममा दिएको तालिम एकदम राम्रो छ । मैले धेरै कुरा सिक्न पाएँ । अब १२ को रिजल्ट आएपछि मैले आफूलाई मनमा लागेको र मेरा लागि राम्रो हुने विषय छानेर पढ्छु । यस्तै कार्यक्रम भयो भने म फेरी पनि आउनेछु,’ कार्यक्रममा आएका एक विद्यार्थीले आफ्नो अनुभव सुनाए । 

कार्यक्रम सोचेकोभन्दा राम्रो र उपलब्धिमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लयो क्लब अफ काठमाडौं सौहार्दले प्रतिबद्धता जनाएको छ । साथै, काठमाडौं इन्टरनेसनल कलेजका सिइओ प्रतापराज जोशीले विद्यार्थीलाई आफूलाई रुचि भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् । ‘विदेशमा जस्तै विभिन्न विद्यामा नेपालमा पनि पढ्न पाइन्छ । यही पढेर पनि सफल व्यक्ति बन्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने जरुरी छैन । पढ्दाचाहिँ आफूलाई रुचि भएको विषय छानेर बढ्नुपर्छ र त्यसमा धेरैभन्दा धेरै मिहिनेत गर्‍याे भने अवश्य सफल भइन्छ’ भन्दै सिइओ जोशीले विद्यार्थीमा थप प्रेरणा र उत्साह भरेका छन् । विद्यार्थी अभिमुखीकरण कार्यक्रम एकदमै उपलब्धिमूलक हुने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।